सबै इटा उद्योगलाई करको दायरामा ल्याउनुपर्छ : सभापति कोइराला


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले ईटा उद्योगलाईपनि करको दायरामा ल्याउनुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभा अन्तरगत पर्ने अर्थ तथा विकास समितिको आयोजना तथा एकिकृत हरित विकास कार्यक्रको सहकार्यमा शुक्रबार पोखरामा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति कोइरालाले सबै ईटा उद्योगहरुलाई करको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
सभापति कोईरालाले स्वदेशी उत्पादन लाई प्राथामिकता दिनकोलागि पनि प्रदेशमा सञ्चालनमा रहेका सवै इट्टा उद्योगलाई दर्ता प्रक्रिया मार्फत करको दायरामा ल्याउनुपर्ने बताए । वतावरणलाई प्रभाव नपर्ने गरि इट्टा उद्योग सहजरुपमा दर्ता गर्ने र अवका उद्योग प्रविधिमैत्री हुनुपर्ने उनको भनाई थियो । स्वदेशी उत्पदानले रोजगारी पनि सिर्जना गर्ने हुदा यस तर्फ प्रदेश सरकारले ध्यानदिनुपर्ने उनले बताए ।

गण्डकी प्रदेशमा ५० इट्टा उद्योग दर्ता रहेको र १३५ उद्योग विना दर्ता सचालनमा रहेको बताइन्छ ।
सांसद धनञ्जय दवाडीले वोर्डर पारीबाट आउने इटाको कारण नेपालमा उत्पादन भएका इट्टाले बजार नपाउने गरेको बताए ।
सांसद इन्द्रलाल सापकोटाले क्रसर जस्तै इटा उद्योगपनि मापदण्ड विपरित सञ्चालनमा रहेको भन्दै तिनीहरुलाईपनि करको दायरामा ल्याउनुपर्ने बताए ।
सांसद विनोद के।सीले मापदण्ड विपरित सञ्चालनमा रहेका उद्योगहरुलाई एक पटक अनुगमन गरेर सचेत गराउनु पर्ने बताए ।
सांसद सरीता गुरुङले इटा उद्योगमा बढी महिला र बालबालिका रहेको र उनिहरुको शिक्षा र स्वास्थ्यमा पनि ख्याल गर्नुपर्ने बताए। सांसद डोबाटे विश्वकर्माले गाउँको बिचमा इटा भट्टा रहेको र मापदण्डपनि पुरा नगरेको भन्दै सरकारले मापदण्ड बनाउने तर कार्यान्वयन नहुने समस्या देखिएको बताए ।
उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका हरि शर्मा गैरेले सरकारले स्वदेशी उत्पादनलाई सम्बोधन नगरेको बताए । गण्डकी प्रदेशले उद्योग सञ्चालनको लागी कुनै पनि प्रोत्साहनको कार्यक्रम ल्याउन नसकेको भन्दै दुःख ब्यक्त गरे ।
अन्तरक्रियामा ग्लोबल फेयरनेस इनिसियटिभका राष्ट्रिय निर्देशक सुरेश पण्डीतले इट्टा उद्योगलाई अब विजुलीको प्रयोग गर्नुपर्ने र सरकारले करमा विशेष छुटको ब्यवस्था गर्नुपर्ने बताए ।
एकिकृत हरित विकास नेपालका उपाध्यक्ष रामदत्त पौडेलले नेपालमा ३ लाख मानिसले इटा उद्योगबाट रोजगारी पाएको र केही उद्योगले बालश्रम समेतकाममा लगाउने गरेको उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।