मंसिर १२ पोखरा । नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
शुक्रबार थप थप १ हजार ७०३ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या बढेको हो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४६० जनाको पीसीआर परीक्षण गरिएकोमा १००७ जना पुरुष र ६९६ जना महिलामा संक्रमण पाइएको हो ।
सोही अवधीमा १ हजार २३६ जना निको भएका छन् । हालसम्म नेपालमा २ लाख १० हजार ६७१ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।
यस्तै कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको कूल संख्या १४३५ रहेको छ ।
संक्रमित मध्ये १० हजार ९४४ जना होम आइसोलेसनमा छन् भने ३५४ जनाको आइसीयू तथा ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १६ नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । नेपाली…







