- नारायणगोपाल चेसका शौखिन थिए तर फुटबल उनको प्रिय खेल थियो ।
- नारायणगोपालले हिन्दी गीत कहिले गाउन मन पराएनन् र बलिऊड जाने इच्छा पनि उनले गरेनन् ।
- नारायणगोपाल नेपालका कलाकारमा मोटरसाइलक चढ्ने पहिलो कलाकार उनी नै थिए , उनको पहिलो मोटरसाइकल राजदूत सिसी थियो ।
- नारायणगोपालले आफ्नो जीवनकालमा पम्प शुज् प्रायः कम नै लगाए ।
- नारायणगोपालका भाइ हेमगोापाल गुरुवाचार्य राम्रा गायक थिए भने अर्का भाइ मनोहरगोपाल गुरुवाचार्य पनि राम्रा गायक हुन् जसले अहिले संगीत सम्बन्धी पुस्तक लेखेका छन् ।
- नारायणगोपालले आफू आयोजक भएर एउटै कार्यक्रम गरेका छन् , ‘स्मृतिका कोसेली हाम्रा गीतहरु…’ यस कार्यक्रमका निम्ति दार्जीलिँगबाट कर्म योञ्जन , अरुणा लामा , शंकर गुरुँग, डेजी बराइली , रिमला मोक्तान , पेमा लामा आदि निम्त्याएका थिए । सो कार्यक्रमका सञ्चालकमा भुवन चन्द थापा र पंक्तिकार (प्रकाश सायमी)रहेका थिए ।
- नारायणगोपालले नेपाली चलचित्र परिवर्तनबाट गायन शुरु गरे भने श्याम राई निर्देशित श्याम राई निर्देशित चोटमा अन्तिम पटक गीत गाए ।
- नारायणगोपालका अन्तिम तीन गीत दिव्य खालिंगको संगीतमा (मेरो सानो संसार, यो भाग्यले कस्तो खेल खेल्यो र जता हिँड्यो उतै तिर वैगुणी यो माया …) सहितको अल्बम म्युजिक नेपालबाट मेरो सानो संसारु भनेर निकालेको छ ।
- नारायणगोपालले सबैभन्दा बढी हेरेको फिल्म ‘बैजु बाबरा’ हो जुन जय नेपालमा प्रदर्शित भएको थियो ।
- नारायणगोपाललाई एकपटक पाकोमा भीडले हमला गर्न खोज्दा उनलाई तत्कालीलन अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले एम्बुलेन्समा रेस्क्यू गरेर बचाएका थिए , त्यो हमला गर्न खोज्नेमा तीन जना संगीतकार पनि थिए ।
- नारायणगोपाल मञ्चमा गाउन जाँदा ‘सिटी सुसेली’ कार्यक्रममा सभागृहमा नारायणगोपाललाई शुरुमा आउट भनियो । नारायणगोपालले हुटिँग गर्नेलाई च्यालेन्ज गर्दै भने ‘खेल्ने भए वन बाई वन आइजो’ भने ।
- नारायणगोपाल कलाकार उत्तम नेपालीको छोराको विहेमा निम्त्याइएका थिए , उनलाई कसैले गीत गाउन आग्रह गरेपछि उनी भोज नै नखाइकन फर्केर गएका थिए ।
- नारायणगोपालले आफ्नो कार्यक्रम स्वर्णीम सन्ध्याको टिकट बेचिदिन उनका भाइ लक्ष्मण गुरुवाचार्यलाई आग्रह गरिएको थियो तर उनका भाइले स्थानीय दर्शकले खोइ उसले नेपालभाषामा कुनै गीत नै गाएको छैन भनेर टिकट किन्न अस्वीकार गरेका थिए ।
- नारायणगोपालका पिता उस्ताद आशागोपाल गुरुवाचार्यले उनलाई शास्त्रीय संगीत सिक्न बरौडाको महाराज एसजे स्कूल भर्ना गरिदिए तर नारायणगोपालले शास्त्री संगीत मन नभएर पढाई वीचैमा छोडिदिए ।
- नारायणगोपाल र गोपाल योञ्जनको ऐतिहासिक कार्यक्रम ‘मीतज्यू नाइट’ काठमान्डुको महेन्द्र पुलिस क्लबमा २०२६ साल भाद्र ५, ६ र ७ गते सम्पन्न भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






