पोखरा पर्यटन परिषदको अध्यक्षमा भट्टराई


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित




मंसिर १२ पोखरा । पोखरा पर्यटन परिषदको अध्यक्षमा गोपी बहादुर भट्टराई निर्वाचित भएका छन् ।

परिषदको आज सम्पन्न ११ औं अधिवेशनले भट्टराईको अध्यक्षतामा ११ जनाको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

परिषदको उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भएको जनाइएको । बाँकी २ सदस्य भने कार्यसमिति बैठकले पछि चयन गर्ने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।