प्रदेश नम्बर १ का प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण भएको छ । तिहार मनाउन पोखरा आएका उनी काठमाडौंहुँदै विराट फर्केलगत्तै उनलाई कोरोना संक्रमण भएको हो । तिहार मनाउन पोखरा आएका उनी मंसिर ८ गते काठमाडौं गएका थिए भने ११ गते काठमाडौंबाट विराटनगर पुगेका थिए । पोखराबाट काठमाडौंहुँदै विराटनगर पुगेका उनलाई कुनै लक्षण नदेखिएपनि यात्रा लामो भएकाले स्वाब दिएका थियौं, प्रदेश प्रमुख अधिकारीका स्वकीय सचिव खिमलाल अधिकारीले भने,‘शुक्रबार विराटनगरमा स्वाब दिदा कोरोना पोजिटिभ रिपोर्ट आयो ।’ पोखरा बाटुलेचौरमै रहँदा प्यासीका छोरा नवीन प्यासी अधिकारीलाई कोरोना पोजिटिभ भएकालेपनि कोरोना परीक्षण गरिएको उनले प्रष्ट्याए ।
पोखरा बाटुलेचौर घर भएका प्रदेश प्रमुख प्यासीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उनका स्वकीय सचिव खिमलाल अधिकारीले जानकारी दिए । प्यासी अहिले विराटनगरस्थित प्रदेश प्रमुखको निवासमा होम आईसोलेसनमा रहेको उनले बताए ।
प्रदेश प्रमुख प्यासीसँगै उनकी श्रीमती जानुका अधिकारी र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार भरत राजवंशीलाईपनि कोरोना संक्रमण भएको स्वकीय सचिव खिमलाल अधिकारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







