शनिबार ५१५ कोरोना संक्रमणमुक्त, १३८० मा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित




मंसिर १३ पोखरा । नेपालमा शनिबार कोरोनामुक्त हुनेभन्दा नयाँ संक्रमितको संख्या बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय १५ जना संक्रमणमुक्त र सोही अवधीमा थप १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ३६८ जनामा गरिएको परीक्षणमा ८३४ पुरुष र ५४६ महिलामा पाइएको हो ।

यो संगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ रहेको छ भने हालसम्म संक्रमण हुनेको संख्या २ लाख ३० हजार ७२३ पुगेको सरकारी तथ्याङ्क छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको छ ।

अब नेपालमा १८ हजार ८३ जना सक्रिय संक्रमितको संख्या छ । भने ६१८ जना क्वारेन्टिनमा छन् ।

हालसम्म नेपालमा १७ लाख १९ हजार ८२८ वटा पीसिआर परीक्षण गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।