फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी प्रतिवेदन पेश गरेका छन् । नेकपा सचिवालयको शनिबारको बैठकमा ओलीले नेकपका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनलाई काउन्टर दिदै आफ्नो छुट्टै प्रतिवेदन पेश गरेका हुन् ।
यसअघी मंसिर ३ गते बसेको सचिवालय बैठकमा नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमा सर्वसत्तावाद र व्यक्तिवादी चरित्र हावी भएको, भ्रष्टाचारमा लिप्त भएको, समाजवादतर्फ मुलुकलाई लैजान प्रयास नगर्नुका साथै देशमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध चलखेल गर्दै प्रतिगामीहरुलाई सहयोग गर्नेगरी राज्य सञ्चालन गरेको आरोप लगाउँदै प्रतिवेदन पेश गरेका थिए ।
दश दिनपछि शनिबार बसेको बैठकमा प्रतिवेदन पेश गर्दै ओलीले प्रचण्डले लगाएको आरोपको खण्डन गर्दै उल्टै प्रचण्डलाई अवसरवादी र सत्ता प्राप्तिका लागि चलखेल गरेको आरोप लगाएका छन् । प्रतिवेदनमा ओलीले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न प्रचण्डलाई चुनौति दिएका छन् । साथै उनले आरोप पुष्टि गर्न नसके त्यसबाट उत्पन्न परिणामको भागिदार बन्न तयार रहनपनि चेतावनी दिएका छन् ।
ओलीले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन :
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







