मंसिर १३ पोखरा । पोखरामा कोरोना संक्रमणबाट शनिबार थप ४ जनाको मृत्यु भएको छ ।
संक्रमणबाट कास्कीको पोखरा महानगरकाका २ जना पुरुष, लमजुङका १ जना पुरुष र तनहुँकी १ महिला गरि ४ जना संक्रमितको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा १५ का ५२ वर्षिय पुरुष र पोखरा १० का ६९ वर्षिय पुरुषको शुक्रबार मृत्यु भएको हो ।
पोखरा–१५ का पोखरा १५ का ५२ वर्षिय पुरुषमा मंसिर ८ गते कोरोना पुष्टि भएको थियो भने , पोखरा–१० का ६९ वर्षिय पुरुष गत १० गते संक्रमित भएका थिए ।
यस्तै तनहुँको रिषिङ गाउँपालिका–८ की ७८ वर्षिय वृद्धाको मणिपाल शिक्षण अस्पतालमा हिजो साँझ ७ बजे मृत्यु भएको छ । उनमा गत मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगतको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत लमजुङको मध्य नेपाल नगरपालिका–६ का ८५ वर्षिय बृद्धको पनि आज दिउँसो २ : ९ मा मृत्यु भएको निर्देशनालयले विज्ञप्ती जारी गर्दै जनाएको छ । उनमा गत कार्तिक २८ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५२ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा १७६ जना कोरोना संक्रमित थपिएका छन् । भने ९ जना कोरोना मुक्त भएका छन् । हालसम्म प्रदेशभर कोरोना पुष्टि हुनेको संख्या ११ हजार ८६२ छ । ती मध्य ६ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् । भने प्रदेशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८४२ छ ।
योसंगै कोरोना संक्रमणबाट कास्कीमा ७८, गोरखामा ८, तनहुँमा १८, नवलपुरमा १९, स्याङ्जामा १२, पर्वतमा २, बाग्लुङमा ८ र म्याग्दीमा ३ जनाको मृत्यु भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







