मंसिर १३ पोखरा । शनिबार पोखराका ९८ सहित गण्डकी प्रदेशमा १७६ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशका ५६४ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १०१ पुरुष र ७५ जना महिला थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
आज थपिनेमा कास्कीका ९८ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् । यस्तै लमजुङका २३, तनहुँका २१, गोरखाका १३, नवलपुर वर्दघाट सुस्ता पूर्वका ९, बाग्लुङका ४, स्याङ्जाका ३, मुस्ताङ र पर्वतका २–२ र म्याग्दीका १ जना छन् ।
योसंगै प्रदेशभर कोरोना संक्रमितको संख्या ११ हजार ८६२ पुगेको छ ।
सोही अवधीमा ९ जना कोरोनामुक्त भएका छन् । यो सहित प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६ हजार ८६८ पुगेको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
यस्तै प्रदेशभर ४ हजार ८४२ जना आइसोलेसनमा छन् । ती मध्य ३ हजार ९६६ जना होम आइसोलेसनमा छन् ।
प्रदेशमा संक्रमणबाट हालसम्म १५२ जनाको ज्यान गुमेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ जना संक्रमितको मृत्यु भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







