नेकपा निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (अनेरास्ववियू)का केन्द्रीय सचिवालय सदस्य क्षितिज सापकोटाले आफ्नो सम्पूर्ण शरिर (ध्जयीभ् द्ययमथ) दान गरेका छन् । नेकपा कास्कीका जिल्ला सदस्यसमेत रहेका विद्यार्थी नेता सापकोटाले जन्म दिनको अवसर पारेर मृत्यूपछिको शरिरलाई चिकित्सा विज्ञानको लागि प्रयोग गर्न पाउने गरि शरिर दान गरेका हुन् ।

शुक्रबार जन्म दिन परेका सापकोटाले सोहि दिन काठमाडौं पुगेर शरिर दानका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज मेकिडल क्याम्पसको एनोटोमी विगामा निवेदन दिएका थिए । शुक्रबार नै निवेदन दिएपनि प्राविधिक कारणले आज शनिबार मात्र शरिर दान गर्ने निवेदनमा तोक लगाएर प्रक्रिया पूरा गरेको सापकोटाले एभरेस्ट आवाजलाई जानकारी दिए ।
शरिर दान गरेपछि उनले एभरेस्ट आवाजलाई भने,‘बाँचुञ्जेल परिवर्तनका लागि लडिरहन्छुु, मरेपछिपनि मेरो शरिर मेडिकल साईन्सका विद्यार्थीका लागि अध्ययनमा सघाऊ पु¥याउन दान गर्छु ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मासबारमा रहेको स्टेप बाई स्टेप मा.विले विश्व वातावरण दिवसको अवसरमा सचेतना…







