आज चिनियाँ रक्षामन्त्री वेइ फेङहो नेपाल आउँदै


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित




चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे क्रममा आज (आइतबार) नेपाल आउँदैछन्।

उनी एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आज काठमाडौँ आउन लागेका हुन्।

एकदिवसीय कार्यगत भ्रमणका लागि नेपाल आउन लागेका चिनियाँ रक्षामन्त्री फेङ होले काठमाडौँमा ८ घण्टा रहनेछन्।

काठमाण्डौं बसाईमा फोङ होले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका छन्।
उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग समेत भेट गर्ने कार्यक्रम छ।

चिनियाँ रक्षामन्त्रीको आज हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ ।

तत्कालीन रक्षामन्त्रीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शताब्दीऔँ पुरानो समस्यारहित नेपाल–चीन सम्बन्ध परिवर्तित वर्तमान सन्दर्भमा अर्थपूर्ण हेरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।