अपाङ्गता भएकाहरुको स्वास्थ्य, पुनर्स्थापना र कोभिड प्रतिकार्यमा प्रदेश सरकार गम्भिर नबनेको आरोप


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित




अपाङ्गतासँग सम्बन्धित सरोकारवालाहरुले प्रदेश सरकार अपाङ्गता भएकाहरुको स्वास्थ्य, पुर्नस्थापना र कोभिड प्रतिकार्यमा गम्भीर नबनेको आरोप आरोप लगाएका छन् । राष्ट्रिय अपाङ्गता महासंघ नेपालको गण्डकी प्रदेशको आयोजनामा शनिबार पोखरामा आयोजित अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य, पुनर्स्थापना र कोभिड प्रतिकार्यमा प्रदेस स्तरका सरोकारवालाहरु बिच भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यका सवालमा गम्भिर वन्न नसकेको बताएका हुन।
कार्यक्रमका वक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यका कार्यक्रमहरुमा सरकार सरोकारवाला निकायहरु संग छलफल नगरी एकलौटी ढङ्गबाट आगाडि बढन् खोजेको र त्यसले सरकारका लक्षित कार्यक्रमहरु सफल हुनेमा आशंका व्यक्त गरे ।
गण्डकी मेडिकल कलेजका प्रतिनिधी लक्षुमण शर्माले सरकारी अस्पतालहरुले अपाङ्गता भएका बिरामीहरुलाई उपचार गर्न नसकेर निजि अस्पतालहरुमा रिफर गर्नु लज्जास्पद भएको बताए । उनले सरकारी लगानिमा सञ्चालित अस्पतालहरु अपाङ्गता अधिकारले सुनिस्चित गरेको निःशुल्क स्वास्थ्यको अधिकार समेत प्रत्याभुत गर्न नसक्दा सरकारी लगानी वालुवामा हालेको पानि जस्तो भएको टिप्पणी गरे ।
अपाङ्गता अधिकारकर्मी शिशीर खनालले कोभिड भइ उपचार गर्न जाँदा ११ लाखसम्म खर्चनु परेको घटना स्मरण गर्दै गरिवीबाट प्रभाभित आपाङ्गता भएका व्यक्तिहरु कोभिड संक्रमित हुँदा उपचारको लागी कहाँ जाने भनेर प्रश्न राखे । उनले प्रदेश सरकारले छिटो भन्दा छिटो प्रदेशको स्वास्थय निती निर्माण गर्नुपर्ने र नितिमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार एनले व्यवस्था गरेबमोजिम निशुल्क स्वास्थ्य उपचारको ब्यवस्था गर्न माग गरे ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशमा पुनर्स्थापना परियोजना अधिकृत सुर्यप्रसाद भट्टराईले प्रदेश सरकारको यस आर्थिक वर्षका अपाङ्ग लक्षित स्वास्थ्यका कार्यक्रमको बारेमा सहकार्य गर्न खोज्दा सम्वन्धित निकायका व्यक्तिहरु उम्कन खोजेको भन्दै त्यसले आफुहरुलाई दुःखित बनाएको बताए ।
कार्यक्रमका अतिथी विनोद विन्दु शर्माले छलफलले आफुलाई गम्भिर बनाएको बताउँदै आगामी दिनमा लक्षित कार्यक्रमहरु कार्यन्वयनका लागी वन्ने कार्यबिधिहरुमा सहकार्य गर्ने प्रतिवधता ब्यक्त गरे ।
कर्यक्रमका प्रमुख अतिथी प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयका सचिव डा.राम प्रसाद घिमिरेले छलफलमा उठेका सवालहरुलाई सम्वोधन गर्दै उल्लेखित सवालहरुमा चाडो भन्दा चाडो नतिजा आउने गरी काम अगाडी बढाउने प्रतिवधता जनाए ।
कार्यक्रममा सामाजिक बिकास मन्त्रालयको तर्फवाट निति, कानुन मापडण्ड, योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख सम्भु प्रसाद ज्ञवालीले प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य र पुनर्स्थापना एवम प्रतिकार्यमा प्रदेश सरकारले गरेका बिषयहरुमा कार्य पत्र प्रस्तुत गरेका थिए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुनर्स्थापना परियोजना संयोजक सन्दिप विकले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य र पुनर्स्थापनाका सवालमा भएका राष्ट्रिय एवम अन्तराष्ट्रिय कानुनबि प्रावधानहरुको बारेमा प्रस्तुति राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।