मंसिर १४ पोखरा । पोखराका २६ सहित गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका ३४, गोरखाका १८, नवलपुर वर्दघाट सुस्ता पूर्वका १२, तनहुँका ९ र लमजुङ र पर्वतका २–२ जनामा कोरोना संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
संक्रमित मध्य पोखरा महानगरपाालिकाका २६ र रुपा गाउँपालिकाका ८ गरि कास्कीमा संक्रमित थपिएका छन् ।
यस्तै गोरखाको आरुघाट, सिरानचोक र गोरखा नगरपालिकाका १८ जना, नवलपुरको कावासोती, मध्यविन्दु, हुप्सेकोट र देवचुलीका १२ जना, तनहुँको म्याग्दे, आँबुखैरेनी र शुक्लागण्डकी नगरपालिकाका ९ जनामा संक्रमण पाइएको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
त्यसैगरी पर्वतको कुश्मा र लमजुङको बेशीसहर नगरपालिकाका २–२ जनामा पनि संक्रमण पाइएको विज्ञप्तीमा उल्लेख छ ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ हजार ९३९ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







