गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार नजिक


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७७ मा प्रकाशित




मंसिर १४ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १२ हजार नजिक पुगेको छ ।

पछिल्लो क्रममा कास्कीका ९ सहित स्याङ्जाका एक जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यो सहित प्रदेशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ हजार ९६७ पुगेको छ ।

पछिल्लो क्र्ममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ९ जना र स्याङ्जाको अर्जुनचौपारी ५ का एक जनामा कोरोना संक्रमण पाइएको विज्ञप्तीमा उल्लेख छ ।

पोखराको वडा नं ४, ८, १०, १२ र १५ का ९ जनामा संक्रमण पाइएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।