११ वर्षिया फरक क्षमता भएकी बालिकालाई वलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । घरमा कोहिपनि नभएको अवस्थामा डर, त्रास र धम्की देखाई जबरजस्ती वलात्कार गरेको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ घर भई पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौर बस्ने २९ वर्षिय दीपक भनिने प्रकाश नेपाली पक्राउ परेका हुन् । उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

शनिबार पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







