पहिलो एसिया प्यासिफिक युवा सम्मेलनको तयारी अन्तिम चरणमा


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित




एसिया प्यासिफिक युवा सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा आगामी डिसेम्बर ५ मा हुने पहिलो विश्व युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो ।
“युवा, नवीनता र राष्ट्र निर्माण” मूल नारासहित हुन लागेको सम्मेलनमा एसिया क्षेत्रमा रहेका देशका एनआरएनएभित्र र बाहिर रहेका युवाहरुलाई सम्मिलित गराई राष्ट्र निर्माणको लागि युवाको भूमिका र आजको आवश्यकता लगायतका विषयहरुमा छलफल र बहस गरिने एसिया प्यासिफिक युवा कमिटीका संयोजक दीपक कंडेलले जानकारी दिए ।

५ सेसनमा हुने कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा प्रमुख आतिथि, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त विशेष अतिथि रहने छन् भने पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन थापा, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला, नागरिक समाजका अध्यक्ष निगम हुँमागाई लगायतपनि सहभागि हुने “वैज्ञानिक कृषि प्रणाली र नेपाली युवाहरूको सम्भावना” शीर्षकका सेसन संयोजक तथा टोकियो कृषि विश्वविद्यालयमा पि.एच.डी. अध्ययनरत दिपेन्द्र ढकालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।