पोखरामा अब घर\घरबाटै स्वाब संकलन गर्न सकिने


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित




राष्ट्रिय आविश्कार केन्द्रले प्रदेश सरकारलाई प्रदान गरेको स्वाब संकलन गाडी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय आविश्कार केन्द्र आफैले फिटिङ गरेर प्रदेश सरकारलाई प्रदान गरेको स्वाब संकलन गाडी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आईतबार प्रदेश स्वास्थ्य निर्देशनालयलाई हस्तान्तरण गरेका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले गाडी प्राप्त गरेसँगै अब स्वाब संकलनमा सहजता आउने विश्वास गरिएको छ । स्वाब संकलन गाडीमार्फत अबदेखि वडा–वडा र गाउँघरसम्मै पुगेर स्वाब संकलन गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

यसअघी स्वाब संकलन गाडी नहुँदा अस्पताल र क्लिनिक पुगेरै स्वाब दिनुपर्ने बाध्यता थियो । तर स्वाब संकलन गाडी आएसँगै सो बाध्यता हट्ने विश्वास गरिएको छ ।

स्वाब संकलन गर्ने गाडी हस्तान्तरण कार्यक्रम र स्वाब संकलन गर्दै गरेको तस्बिर ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।