गण्डकीमा पछिल्लो २४ घण्टामा कोरोना : थपिने भन्दा निको हुने दोब्बर


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

गण्डकी प्रदेशमा सोमबार कोरोना संक्रमितको संख्या थपिने भन्दा निको हुने झण्डै दोब्बर संख्यामा रहेका छन् । गण्डकी प्रदेशमा सोमबार ९१ जना नया कोरोना संक्रमित थपिदा १६२ जना संक्रमित निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ५८ जना पुगेको छ । त्यसमध्ये हालसम्म ७ हजार ७२ जना निको भइसकेको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।

गण्डकी प्रदेशमा हाल ४ हजार ८ सय २७ वटा सकृय केस रहेका छन् ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाले मृत्यू भएको छ । योसँग गण्डकी प्रदेशमा कोरोनाले मृत्यू हुनेको संख्या १५९ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।