श्रीलंकाको सबैभन्दा भिडभाडयुक्त जेल महारामा सुरक्षाकर्मीसँग झडप हुँदा ८ जनाको मृत्यु भएको छ।
झडपमा परी मृत्यु हुनेमध्ये अधिकांशको मृत्यु प्रहरीको गोली लागेर भएको त्यहाँको प्रहरी अधिकारीहरुले जनाएका छन्। त्यस्तै झडपमा परेर ५० भन्दा धेरै घाइते भएका छन्।
जेलमा कोरोना संक्रमण बढेको विषयमा भएको विरोधको क्रममा जेलमा झडप भएको थियो। अन्य जेलका कोरोना संक्रमितलाई महारामा ल्याइएसँगै त्यहाँका कैदीहरुले विरोध प्रदर्शन गरेका हो।
पछिल्लो केही समययता श्रीलंकाको कैदीको चाप अत्यधिक रहेका जेलहरुमा कोरोना संक्रमण उल्लेख्य मात्रामा बढेको समाचार छ। त्यहाँ, पछिल्लो एक महिनामा कोरोना संक्रमितको संख्या पनि उल्लेख्य मात्रामा बढेको छ। अहिले श्रीलंकामा दैनिक एक हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिइरहेका छन्।
पछिल्लो केही सातायता श्रीलंकाको जेलमा कोरोना परीक्षण बढाउन र संक्रमित कैदीलाई आइसोलेसनको व्यवस्था गर्न माग गर्दै जेलमा विरोध प्रदर्शन हुँदै आएको छ।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।कास्कीमा ब्रोइलर कुखुरा पालन गर्ने किसानहरुको आइतबार भएको एक भेलाले पोखरा–२५…







