कस्तो रहला आजको मौसम


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित




मंसिर १६ पोखरा । मंगलबार बाग्मती र प्रदेश नं. १ का पहाडी भू–भागहरुमा आंशिक बद्लीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बाँकी ठाउँको मौसम भने सामान्य रहने जनाइएको छ ।

यस्तै आज राती गण्डकी, बाग्मती र प्रदेश नम्बर १ का पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा जनाइएको छ । भने बाँकी ठाउँको मौसम सफा रहने छ ।

साथै महाशाखाले देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई का भू भागहरुमा विहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायत प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवस्यक सर्तकता अपनाउन समेत अनुरोध गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।