नक्कली नोट बनाएको आरोपमा तीन पक्राउ


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित




नक्कली नोट बनाएर बजारमा सामान खरिद गरेका अभियोगमा दुई भारतीयसहित एक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्ने मेसिनसहित कागजात र अभियुक्तहरुलाई सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा भारतको बरेलीका अनुज शर्मा र उनकी श्रीमती रितिका बम तथा भीमदत्त नगरपालिका–१८ बस्ने दीपक नाथ रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको हो।

प्रहरी कार्यालयका अनुसार नेपाली एक हजारको नक्कली नोट बनाएर बजारमा समान खरिद गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।