विश्वभर कोरोना संक्रमणबाट १४ लाख ६६ हजार बढिको मृत्यु, कोरोना संक्रमित संख्या ६ करोड ३१ लाख


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

विश्वभर कोरोना संक्रमणबाट १४ लाख ६६ हजार बढिको मृत्यु भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेका पछिल्लो तथ्यांक अनुसार मंगलबार विहानसम्म १४ लाख ६६ हजार ७ सय ४१ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

तथ्यांकअनुसार, अमेरिकामा २ लाख ६७ हजार ९ सय ६९, ब्राजिलमा १ लाख ७३ हजार १ सय २०, मेक्सीकोमा एक लाख ५ हजार ६ सय ५५, बेलायतमा ५८ हजार ५ सय ४५, इटालीमा ५५ हजार ५ सय ७६ जनाको मृत्यु भएको छ।

त्यस्तै, मंगलबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ३१ लाख नाघेको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ६ करोड ३१ लाख ८२ हजार १९ जना संक्रमित भएको तथ्यांक रहेको छ।

अमेरिकामा संक्रमितको संख्या एक करोड ३५ लाख २९ हजार ९ सय ६१ पुगेको छ। त्यस्तै भारतमा ९४ लाख ३१ हजार ६ सय ९१, ब्राजिलमा ६३ लाख ३५ हजार ८ सय ७८ र रुसमा २२ लाख ७५ हजार ९ सय ३६ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

विश्वभर चार करोड ४ लाख ७५ हजार २ सय २० जना संक्रमणमुक्त भएका छन्।

मंगलबार बिहानसम्मको तथ्यांकअनुसार ब्राजिलमा ५५ लाख ९७ हजार ८ सय २, अमेरिकामा ५१ लाख ४६ हजार ३ सय १९, रुसमा १७ लाख ६३ हजार ४ सय ९३ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि २ लाख ३३ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ लाख १४ हजार ५ सय २१ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ५ सय ४१ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ९४ लाख ३१ हजार ६ सय ९१ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३७ हजार १ सय ३९ पुगेको छ। भारतमा हालसम्म ८८ लाख ४७ हजार ६ सय जना संक्रमित संक्रमणमुक्त भएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।