फाइल फोटो
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबारको सचिवालय बैठकमा अनौठो घट्ना घट्यो । सदाझैं प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार आफूपनि नगर्ने र अरुलाईपनि गर्न नदिने बताईरहँदा आफ्नै पार्टीका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाँसेर उडाई दिएका छन् । बैठकको शुरुमै प्रधानमन्त्री ओलीले आफूमाथि भ्रष्टाचारको आरोप लगाएर अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव फिर्ता लिनुपर्ने बताए । उनले प्रचण्डले आफूमाथि लगाएको आरोप झूठको पुलिन्दा मात्र भएकाले पार्टी भित्र छलफल गर्नुको औचित्य नभएकाले फिर्ता लिन आग्रह गर्छु भने । उनले अगाडि भने,‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुनपनि दिन्नँ’ । प्रधानमन्त्री ओलीको सो कुरा सुनेका प्रचण्ड मुसुमुस हाँसिरहे । आफूले भ्रष्टाचार गर्दिनँ र हुनपनि दिन्नँ भन्दा प्रचण्डले हाँसेर उडाई दिएपछि ओली आक्रोसित बनेको नेकपा सचिवालय श्रोतले बताएको छ । ओलीलाई उद्धृत गर्दै उनले भने,‘किन हाँसेको ? म गम्भीर कुरा गरिरहेको छु ।’
ओली आफूप्रति आक्रोसित भएपछि प्रचण्डले माहोल सम्हाल्दै भने,‘ओलीजीले उत्तेजित भएर बोलिरहनु भएको छ, तर हामी उत्तेजित नभई शान्तपूर्वक छलफल गरि निश्कर्षमा पुग्न चाहन्छौं ।’ प्रचण्डले आफूलाई नराम्रो देखाउने प्रयास गरेको भन्दै ओली थप जंगिए,उनले भने‘जे मन लाग्यो त्यही बोल्ने ? ।’
ओली र प्रचण्डबीच झण्डै चर्काचर्की नै भएपछि बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत ओलीबिरुद्ध खनिए । उनीहरुले ओलीले अरुलाई बोल्नपनि नदिएको भन्दै त्यसो नगर्न सचेत गराए । मंगलबारको बैठकमा ओलीका प्रिय पात्र भनिने ईश्वर पोखरेललेपनि बोल्नपनि नदिने ओलीको शैलीप्रति असहमति जनाउँदै भने,‘बोल्न त पाउनु पर्छ’ भने ।
त्यसपछि प्रचण्डले फ्लोर ओपन भएको जानकारी गराए । लगत्तै बोलेका नेपाल, खनाल, गौतम, श्रेष्ठलगायतले प्रस्तावमाथि छलफल नै हुनुहुन्न भन्नु अतिवाद भएको बताउँदै प्रस्तावमाथि छलफल हुनुपर्ने बताए । मंगलबारको बैठकमा ईश्वर पोखरेल र रामबहादुर थापा बादललेसमेत प्रस्ताव आईसकेपछि छलफल त हुनुपर्छ भनेको श्रोतको दाबी छ ।
बैठकमा महासचिव विष्णु पौडेल भने मौन बसेको बताइएको छ ।
बैठकमा ओली पक्षले सचिवालय बैठक बस्नुअघी सहमति खोजिनुपर्ने भन्दै बैठक सार्न प्रस्ताव गरेका थिए । तर प्रचण्ड–नेपाल समूहकाले सहमतिको प्रयास जारी राख्ने र बैठकपनि निरन्तर बस्नुपर्ने बताए । लगत्तै प्रचण्डले बुधबार दिउँसो १ बजे बैठक बस्नेगरी मंगलबारको बैठक स्थगित भएको जानकारी गराए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


खौलालाँकुरी पोखरा सम्पर्क समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना सहयोग गरेको…





