एक महिनाभित्रै कक्षा १२ को परीक्षाफल


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७७ मा प्रकाशित




मंसिर १७ पोखरा । कक्षा १२ को परीक्षाफल अबको एक महिनाभित्रै प्रकाशित हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिए लगत्तै उत्तरपुस्तिका परीक्षण सुरु गरिसकेकाले एक महिनाभित्रै परीक्षाफल सार्वजनिक गर्ने जनाएको ।

बोर्डले विद्यार्थीको शैक्षिक सत्र प्रभावित हुन नदिनका लागि एक हप्ताभित्र उत्तरपुस्तिका परीक्षण पुरा गर्ने तयारी गरेको छ ।

कोरोनाका कारण परीक्षार्थीले यस पटक आफुले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिएका हुन् भने उत्तरपुस्तिका परीक्षणपनि विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै परीक्षण गर्ने भएकोले छिटो हुने बोर्डले जनाएको छ ।

यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना केही दिनभित्रै प्रकाशित हुने बोर्डले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।