प्रतिकात्मक तस्बीर
मंसिर १७ पोखरा । कोरोना संक्रमणबाट बुधबार पोखराकी एक महिलासहित गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ ।
संक्रमणबाट पोखरा –१४ की ४८ वर्षिय महिला र नवलपुर वर्दघाट सुस्ता पूर्वको कावासोती नगरपालिका–१४ का ७८वर्षिय बृद्धको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
गत कार्तिक १३ गते कोरोना संक्रमणको पुष्टि भएकी पोखराकी ४८ वर्षिय महिलाको बुधबार दिउँसो उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै नवलपुरका ७८ वर्षिय बृद्धको मंगलबार ११ ः १५ मा मृत्यु भएको निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ । उनमा यही मंसिर १२ गते कोरोना संक्रमण पाइएको थियो ।
यो संगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६२ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







