मंसिर १७ पोखरा । निषेधज्ञा तोडेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ३ घण्टापछि रिहा भएका छन् ।
बुधबार दिउँसो तनहुँको ब्यास नगरपालिका वडा नम्वर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकखण्ड अन्र्तग बुल्दीखोला माथि निर्माण भएको मोटरेवल पुल उद्घाटन गर्न जाने क्रममा प्रहरी नियन्त्रणमा रहेको पौडेल बुधबार साँझ रिहा भएका हुन् ।
पौडेल सहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आलेलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले पुलको उद्घाटन गर्न जाने क्रममा तालघारी भन्ने स्थानबाट पौडेलसहितका नेतालाई फिर्ता गरेर सदरमुकाम लगेको थियो ।
नेकपाका कार्यकर्ताले उनलाई अवरोध गर्न सक्ने भएकाले प्रहरीले नियन्त्रणमा लिएको तनहुँ प्रहरी प्रमुख अरुण पौडेलले बताए ।
यसअघि मंगलबार तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गर्दा पनि नेकपा तनहुँले नेता पौडेलको विरोध गरेको थियो ।
विरोधका बाबजुद नेता पौडेलले पुल उद्घाटन गरेको र बुधबार फेरि अर्को पुल उद्घाटन गर्न खाजेको भन्दै नेकपा विरोधमा उत्रिएको थियो ।
तनहुँ काँग्रेसका सभापति एवं ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले पुल निर्माण उपभोक्ता समितिले उद्घाटनका लागि नेता पौडेललाई आमन्त्रण गरिसकेपछि नेकपाले बखेडा झिकेको बताएका छन् ।
रिहा भएपछि नेता पौडेलले प्रशासनले नाङ्गो नाच देखाएको र लोकतन्त्र लज्जित भएको प्रतिक्रिया दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







