पोखराका २८ सहित ३० जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित




मंसिर १८ पोखरा । पोखराका २८ सहित गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका २८, स्याङ्जा र बाग्लुङका १–१ जनामा कोरोना संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरामा थपिएका सं्रमितहरु वडा नं. १, ३, ४, ५, ६, ८, १२, १७, २४, २६, २७, ३० र ३२ का छन् ।

यस्तै स्याङ्जको पुतलीबजार नगरपालिका–४ का ७६ वर्षिय पुरुष र म्याग्दीको काठेखोला–६ का ८१ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेहरुको संख्या १२ हजार ३६२ पुगेको छ ।

यसअघि बिहीबार नै कास्कीको पोखरा महानगरपालिकाका ३१ जना र स्याङ्जाको पुतली बजार नगरपालिकाका ४ जना गरि ३५ जनामा कोरोना पाइएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।