मंसिर १८ पोखरा । यूवाहरु सम्मीलित भएको सामाजिक संस्था लियो क्लब फिस्टेल लेकसिटी, संघम पिस चौतारीको संयूक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ६५ यूनिट रगत सङ्कलन भएको छ ।
रक्तदानमा यूवा सहभागिता सहित गरिएको रत्तदानले यूवा वर्गलाई आकर्षण गराई रक्तदाताको संख्या वृद्धि गराउने उद्देश्य रहेको लियो जिल्ला अध्यक्ष आर्दशमोहन भट्टराईले बताए ।
लायन्स डिष्ट्रीक्ट रक्तदान संयोजक बालकृष्ण शर्माले लायन्स अभियानमा रक्तदान मुख्य कार्यक्रम रहेको बताए ।
लियो क्लब पोखरा फिस्टेलका अध्यक्ष विदुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोला, रक्तदान अभियान्ता रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापा, रत्तसंचार केन्द्रका प्राविधिक प्रमुख अर्जुन ज्ञवाली, लेकसिटीका अध्यक्ष अङ्किता पौडेल, संघमका अध्यक्ष दिव्या न्यौपाने, सचिव जिना श्रेष्ठ लगायतले रत्तदानको महत्व माथि प्रकाश पारेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







