कोरोनादाबी भुक्तानी ३ दिनभित्रै भुक्तानी गर्न अर्थमन्त्रालयको निर्देशन


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित




काठमाडौं । अर्थमन्त्रालयले कोरोनादाबी भुक्तानी तीन दिनभित्रै भुक्तानी गर्न दोस्रो पटक निर्देशन दिएको छ ।

बिहीबार अर्थमन्त्रालयले बिमा समितिलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयको यसअघिको निर्देशन एक महिनासम्म पनि कार्यान्वय नभएपछि दोस्रो पटक यस्तो निर्देशन दिइएको हो । पहिलो निर्देशनमा कोरोना बिमादाबी ७ दिनभित्र भुक्तानी गर्न भनिएको थियो ।

आजको निर्देशनमा कोरोना बिमाको प्रक्रिया तथा कागजात पूरा भएका दाबीको भूक्तानी ३ दिनभित्र गर्न र मन्त्रालयमा दैनिकरुपमा जानकारी गराउन निर्देशन गरिएको छ ।

निर्देशनमा भेरिफिकेशन गर्न बाँकी दाबीको भेरीफिकेशन यथाशिघ्र सम्पन्न गरी भूक्तानी दिने व्यवस्था मिलाउन पत्रमा भनिएको छ ।

मन्त्रालयले नियमितरुपमा कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, भेरीफिकेशन लागि स्वास्थ सेवा विभागमा पठाएको संख्या, भेरीफिकेशन नभएका वा नक्कली दाबीको विवरण, दाबी भूक्तानीको विवरण सार्वजनिक गर्न बीमा समितिलाई निर्देशन दिइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।