नेपाल महिला संघद्वारा गृहमन्त्री थापाको राजीनामा माग


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित




काठमाडौं । नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ ।


संघले बिहीबार विज्ञप्ति जारी गर्दै बुधबार तनहुँमा पुल उद्घाटन गर्न गाएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बदनियत पूर्ण रुपमा दुर्व्यवहार गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागेको हो ।

महिला संघकी अध्यक्ष उमा रेग्मीद्वारा जारी विज्ञप्तिमा घटनालाई लोकतन्त्रको खोल ओडेर गरिएको बर्बर तानाशाही आक्रमण र लोकतन्त्रमाथिको प्रहार भन्दै यस्तो कदमविरुद्ध सडक आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

बुधबार कांग्रेसका वरिष्ठ नेता पौडेल पुल उद्घाटन गर्न जाँदा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएर तीन घण्टापछि मात्रै छोडेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।