प्रचण्डपनि पुगे राष्ट्रपति भेट्न शितल निवास


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित




फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।

राष्ट्रपति भण्डारी र प्रचण्डविच बिहीबार साँझ करिव एक घण्टा कुराकानी भएको स्रोतले जनाएको छ ।

यसअघि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए । २ घण्टा छलफल गरेर प्रधानमन्त्री ओली फर्किएका थिए ।

स्रोतका अनुसार राष्ट्रपतिले पार्टीमा बढेको विवादका विषयमा चासो राख्दै एकतालाई नटुटाउन आग्रह गरेको बुझिएको छ ।

पार्टीमा विवाद बढ्ने बित्तिकै नेताहरु शितल निवास जाने गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।