पोखरा । बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप ४ जना ‘डिस्चार्ज’ भएका छन् ।
कोरोना संक्रमित भई सो केन्द्रमा उपचाररत उनीहरु आज कोरोना संक्रमणमुक्त भइ घर फर्किएको अस्पतालले विज्ञप्तीमार्फत जनाएको छ ।
‘डिस्चार्ज’ हुनेमा पोखरा–७ की ७५ वर्षिय बृद्धा, स्याङ्जाको वालिङ–१ का ६२ वर्षिय बृद्ध, पुतलीबजार–१० का २५ वर्षिय पुरुष र पर्वतको कुस्मा–१२ का ६३ वर्षिय पुरुष छन् ।
उनीहरु क्रमश मंसिर ४, मंसिर ३, मंसिर १५ र कार्तिक २९ गतेबाट अस्पतालमा उपचाररत थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







