पोखराका ३४ सहित ३७ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०७७ मा प्रकाशित




पोखरा । कास्कीको पोखरा महानगरपालिकाका ३४ सहित गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा. लि. पोखरामा गरिएको पिसिआर परीक्षणमा पोखरा महानगरपालिकाका ३४, स्याङ्जाका २ र तनहुँका एक जनामा संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा स्याङजाको पुतलीबजारका २ जनामा र तनहुँको ब्यास नगरपालिकाका २ जना छन् ।

संक्रमण पुष्टि हुनेहरु २१ वर्षदेखी ७४ वर्ष उमेर समुहसम्मका छन् ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १२ हजार ४३२ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।