कोरोनबाट पोखरामा एक महिलाको मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

पोखरा । कोरोना संक्रमणबाट पोखराकी एक महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–८ की ६६ वर्षिया संक्रमित महिलाको उपचारका क्रममा चरक मेमोरियल अस्पताल पोखरामा आज मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गत मंसिर १३ गते कोरोना संक्रमणको पुष्टि उनमा कोभिड निमोनिया, मधुमेह र उच्च रक्तचाप लगायतका समस्या पनि रहेको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

योसहित कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।