कास्कीका ७१ जनामा कोरोना संक्रमण, पोखराका मात्रै ६९ जनामा संक्रमण


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०७७ मा प्रकाशित




पोखरा । शुक्रबार कास्की ७१ सहित गण्डकी प्रदेशमा थप ८४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकाका ६९ , माछापुच्छ्रे गाउँपालिका र मादी गाउँपालिकाका एक एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, म्याग्दीका ९, तनहुँका ३, स्याङ्जाका २ र बाग्लुङका एक जनामा कोरोना संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालले जनाएको छ ।

निर्देशनालयका अनुसार आज लाइफ केयर एण्ड डायग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणबाट ३४, क्षयरोग उपचार केन्द्रबाट २४ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३ जनामा कोरोना संक्रमण पाइएको छ ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ४७९ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।