काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण हुने भन्दा संक्रमण मुक्त हुने बढेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट एक हजार ५७५ जना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा एक हजार २७२ जनामा कोरोना संक्रमण पाइएको छ ।
हालसम्म नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेको छ । निको हुनेको सङ्ख्या दुई लाख २१ हजार आठ सय ४७ छ ।
आज देशभरका प्रयोगशालाहरुमा आठ हजार ३१ जनाको नमुना परीक्षण गर्दा ७८८ पुरुष र ४८४ महिलामा संक्रमण पाइएको हो ।
अब नेपालमा १५ हजार चार सय ४७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय ३७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप १६ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय ६७ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







