साङ्केतिक तस्विर
पोखरा । शुक्रबार पोखरा र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् ।
पोखरा–१० बुद्धचोकमा पैदलयात्रीलाई टिपरले ठक्कर दिँदा दुई दम्पती घाइते भएका छन् ।
बुद्धचोकमा पैदल हिँडीरहेका पोखरा–२६ जलधारा बस्ने ६८ वर्षका राम बहादुर बि.क र उनकी श्रीमती वर्ष ७० की रामकुमारीलाई ना ३ ख ६४४५ नम्वरको टिपरले ठक्कर दिँदा घाइते भएका हुन ।
घाइते बि.क दम्पतीको पोखराको नयाँ बजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ठक्करबाट घाइते बि.क दम्पतीलाई सोही टिपर चालकले उपचारका लागि अस्पतालसम्म आफै लगेका थिए ।
प्रहरीले टिपर चालकलाई थप अनुसान्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै तनहुँको व्यास नगरपालिका–४ शहिद गेटस्थित पृथ्वी राजमार्गमा ट्याक्टर र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जना घाइते भएका छन् ।
दमौलीबाट बुल्दी पुलतर्फ जाँदै गरेको ना ६ त २२९१ नम्वरको ट्याक्टर र बिपरित दिशातर्फ आउँदै गरेको ग १२ प ८२९४ को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार सोही स्थानका २२ वर्षका महेन्द्र गुरुङ घाइते भएका हुन् । गुरुङलाई उपचारका लागि रत्नहरी अस्पताल दमौली पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरि, तनहुँको डुम्रेबाट बन्दीपुरतर्फ जाँदै गरेको ना ३ च ९०६७ नंम्वरको सुमो गाडीले विपरीत दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
ठक्करबाट ग १४ प ३७९९ नम्वरको मोटरसाइकल चालक बन्दीपुर–५ ढाबगाउँका ३२ वर्षका बिक्रम गुरुङ घाइते भएका हुन् ।
उनलाई लक्ष्मी अस्पताल डुम्रेमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर, चितवन रिफर गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







