गण्डकी प्रदेशका १३ जना कोरोना संक्रमणमुक्त, ५ हजार बढी सक्रिय संक्रमित


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०७७ मा प्रकाशित




पोखरा । शुक्रबार गण्डकी प्रदेशका थप १३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै प्रदेशमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ हजार २९१ पुगेको छ ।

सोही अवधीमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालाहरुमा १५६ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ ।

निर्देशनालयले शुक्रबार साँझ अध्यावधिक गरेको विवरण अनुसार आज सबैभन्दा बढी कास्कीमा ७१ जनामा कोरोना संक्रमण भएको छ । यस्तै म्याग्दीका ९, स्याङ्जाका २, तनहुँ र बाग्लुङ १–१ जनामा कोरोना संक्रमण पाइएको छ । थपिनेमध्य ४९ पुरुष र ३५ महिला छन् ।

यो सहित प्रदेशभर कोरोना संक्रमण हुनेको संख्या १२ हजार ४७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसंगै प्रदेशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६३ पुगेको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा उल्लेख छ ।

अब प्रदेशमा ५ हजार २५ जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्य कास्कीमा ३ हजार २९९, नवलपुर वर्दघाट सुस्ता पूर्वमा २१४, तनहुँमा २०१ गोरखामा ९०, पर्वतमा ५४ र बाग्लुङमा ९० गरि ३ हजार ८६८ जना होम आइसोलेसनमा रहेको जनाइएको छ ।

प्रतिशतका आधारमा गण्डकी प्रदेशमा कोभिड–१९ सक्रिय संक्रमित ५८.४३ प्रतिशत, निको हुने ४०.२७ प्रतिशत र १.३१ प्रतिशतको मृत्यु भएको विवरणमा भनिएको छ ।

हालसम्म प्रदेशभर १ लाख १० हजार ५९० वटा पिसिआर परीक्षण गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।