लागू औषध मुद्धामा फरार दुई युवा पक्राउ


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । लागू औषध मुद्धामा फरार एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले तीन वर्षपछि पक्राउ गरेको छ ।

बाग्लुङको ढोरपाटन घर भई पर्वतको कुस्मा नगरपालिका–१ बस्ने गोकुल गुरुङ (२४) लाई प्रहरीले आज पक्राउ गरेको हो ।

गोकुललाई जिल्ला अदालत कास्कीले २०७५ असार २७ गते लागू औषध मुद्धामा दुई वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको थिए । हालसम्म फरार रहेका गोकुललाई कास्कीबाट खटिएको प्रहरी टोलीले पर्वतको कुस्माबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

साथै कास्की प्रहरीले लागूऔषध मुद्धकाका अर्का फरार युवकलाई पनि पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीले लागू औषध मुद्धामा एक महिना कैद र एक हजार जरिवानाको सजाए फैसला गरिएका म्याग्दीको भकिम्ले-३ घर भई पोखरा-३ बस्दै आएका खगराज पुनलाई पक्राउ गरि अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा प्रेसित विज्ञप्तीमा उल्लेख गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।