कास्कीको हेमजा–अस्ताम–धम्पुस हुदै मर्दिहिमाल जाने पदमार्गको शिलान्यास गरिएको छ ।
शुक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त पदमार्गको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास गर्दै मन्त्री लम्सालले पर्यटनको आकर्षण मध्येको पदमार्ग एक रहेको चर्चा गरे । प्रकृति, साहसिक र हिमाल प्रेमीहरूलाई पदमार्ग आकर्षक गन्तव्य बन्दै गएको बताए ।
विभिन्न कारणले मासिँदै गएका तथा धम्पुस हुदै मर्दिहिमाल तर्फ जान सहज पदमार्ग नभएका कारणले यो पदमार्ग आन्तरिक र बाह्य पदयात्रीको लागि उपयुक्त हुने मन्त्री लम्सालको भनाई थियो।
पदमार्ग निर्माणको लागि यस आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले १० लाख रकम विनियोजन गरेको छ। यस पदमार्ग बाट अग्ला—अग्ला हिमश्रृंखला, नदी, ताल, डाँडाकाडाँको मनोरम दृश्य नियाल्न सकिन्छ।
शिलान्यास कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका उपप्रमुख कृष्ण कुमारी दवाडी, पोखरा महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सीना, अधिवक्ता रामचन्द्र त्रिपाठी, टानका प्रथम उपाध्यक्ष धर्मराज पन्थी, निर्माण समितिका अध्यक्ष विश्वराज अधिकारी लगाएतले विगतदेखि चर्चामा आएता पनि काम हुन नसकेको उक्त पदमार्गको निर्माण कार्यको थालनी गर्दा उत्साह थपिएको बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश…







