भारतले अस्ट्रेलियासँगको पहिलो टी–२० क्रिकेटमा ११ रनले जित निकालेको छ।
खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रनमात्र बनाउन सक्यो। उसका लागि एरोन फिन्चले ३५, मोइसिस हेनरीक्विसले ३० र डार्सी शर्टले ३४ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।
बलिङतर्फ भारतका लागि युजवेन्द्र चाहल र नटराजनले ३÷३ विकेट लिए भने दीपक चाहरले १ विकेट लिए।
यसअघि, टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो। उसका लागि केएल राहुलले ५१, रविन्द्र जडेजाले ४४ र सन्जु सामसनले २३ रन बनाए।
जितसँगै तीन खेलको श्रृंखलामा भारत १–० ले अग्रता लिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज ९ नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा…







