विश्वकप फुटबल छनोटका लागि युरोपेली राष्ट्रहरुको ‘ड्र’ सार्वजनिक


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित




कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन राष्ट्रहरुको छनोटको ‘ड्र’ सार्वजनिक गरिएको छ।

युरोपको ५५ देश विश्वकप फुटबलका लागि छनोट भएका छन्। ति देशहरुलाई विश्वकपका लागि १० समूहमा विभाजन गरिएको छ।

यूईएफएले गएराति समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो। युरोपका ५५ देशलाई ‘ड्र’ गरेर १० समूहमा विभाजन गरिएको छ। सन् २०२१ को मार्चबाट सुरु हुने छनोट खेलमा समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन् । समूहको दोस्रो स्थानमा रहने टिमले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट खेल खेल्ने छन् ।

समूह ’ए’ मा पोर्चुगल, सर्बिया, आयरल्याण्ड, लक्जमबर्ग र अजरबैजान रहेका छन् ।

यस्तै, समूह ’बी’ मा स्पेन, स्वीडेन, ग्रीस, जर्जिया र कोसोभो परेका छन् ।

यस्तै, समूह ’सी’मा इटली, स्वीटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया र लिथुआनीया छन्।

समूह ’डी ’ मा फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिनार काजकास्तान छन्। समूह ’ई’ मा बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस र एस्टोनिया छन् ।

यस्तै, समूह ’एफ’मा डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड र मोल्डोभा छन्।
समूह ’जी’मा नेदरल्यान्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया र जिब्रालटार छन्।

समूह एचमा क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस र माल्टा छन्।

समूह ’आ’ईमा इङ्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा र सान मारिनो छन्।

समूह ’जे’मा जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया र लिक्टेन्स्टाइन छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।