पोखराका ३४ वर्षिय पुरुषको कोरोनाले मृत्यू


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित




फाईल तस्बिर ।

पोखरा महानगरपालिकाका ३४ वर्षिय पुरुषको कोरोनाले मृत्यू भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको सोमबार दिउँसो ४ बजे निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएका उनमा पहिलेदेखि नै निमोनिया र मधुमेह रोगको समस्या रहेको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।