पोखरामा पिंजडामा राखिएका कुखुराको अण्डा र मासु नखाने अभियान घोषणा भएको छ । एनिमल नेपालले पोखरामा पिंजडामा राखिएको अण्डा र मासु नखाने अभियान घोषणा गरेको हो । यसअघी चितवन र काठमाडौंमा यस्तै अभियान घोषणा गरिएको थियो ।
सन २०२५ सम्ममा पिंजडामा राखिएको अण्डा र खुल्ला छाडिएको अण्डा छुट्याएर राख्ने र आफूले चाहेको अण्डा रोजेर खान मिल्नेसम्मको वातावरण तयार गर्ने र सन २०३० सम्ममा पिंजडामा राखेर कुखुरा नपाल्ने र त्यस्ता अण्डा र मासु नखाने स्थिति बनाउने लक्ष्यसहित अभियान अगाडि बढाइएको अभियानका संयोजक निर्मल शर्माले जानकारी दिए ।
पिंजडा वा बन्द खोरमा राखेर कुखुरा राखेर पाल्नु क्रुर र निर्दयी हुने भएकाले यस्तो अभियान सञ्चालन गरिएको एनिमल नेपालले जनाएको छ । अधिकांस कुखुरा पालक किसानले कुखुरा हल्लिनपनि नमिल्नेगरी कुखुरा पाल्छन्, अभियानका संयोजक शर्माले भने,‘यसरी पालिएको कुखुराको शारिरिक विकास, पखेटा, खुट्टा र हाडको विकाससमेत अपेक्षाकृत रुपमा हुँदैन, त्यस्ता कुखुराबाट उत्पादन हुने अण्डा र मासु स्वास्थ्यका हिसाबले राम्रो हुँदैन । त्यसैले कुखुराको खुल्ला बाँच्न पाउने अधिकार र मानव स्वास्थ्यको रक्षाका लागि हामीले अभियान सञ्चालन गरेका हौं ।’ यसले पशुपन्छीकोपनि कल्याण हुने र मानव स्वास्थ्यपनि बच्ने उनको भनाई छ । मासु खाउ वा नखाउ दुबै भन्दैनौं, उनले भने,‘तर कुखुराको मासु र अण्डा खाने हो भनेचाहिं पिंजडामा राखेर पालेको कुखुराको मासु र अण्डाचाहिं नखान आह्वान गर्छौं ।’
संयोजक शर्माले अहिले अभियान घोषणा गरिएको र पछि क्रमशः अण्डा उत्पादन गर्ने कुखुरा पालक किसान वा उत्पादकलाई सचेतना अभिवृद्धि कार्यक्रम गरि पिंजडामुक्त कुखुरापालन व्यवसायलाई प्रोत्साहन गरिने, सर्वसाधारणसँग छलफल, अन्र्तक्रियालगायतका कार्यक्रममार्फत पिंजडामा राखेर उत्पादन गरिएका कुखुरा र मासु नखान सचेतना फैलाउने, रेष्टुरेण्ट, होटललगायतका संघसंस्थासँग सहकार्य गरी पिंजडामा राखिएका कुखुराको मासु र अण्डा रेष्टुरेण्ट र होटलमा नबेच्ने प्रतिबद्धता व्यक्त गर्नेलगायतका अभियान सञ्चालन गरिने जानकारी दिए ।
नेपालमा उत्पादन हुने ८० प्रतिशत कुखुराको मासु र अण्डा पिंजडामा राखेर उत्पादन हुने गरेको सरकारी तथ्याङ्क रहेको एनिमल नेपालले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस…







