मकवानपुरमा रहेर २० वर्षसम्म पत्रकारिता गरेका पत्रकारहरुले मासिक ४ हजार रुपैयाँ दरले पेन्सन पाउने भएका छन्।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले पत्रकारितालाई मुख्य पेसा बनाएर ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि पेन्सन दिने भएको हो।
पत्रकार महासंघ मकवानपुर शाखाको बुधबारको कार्यसमिति बैठकले ज्येष्ठ पत्रकार पेन्सनसम्बन्धी कार्यविधि, २०७७ पारित गर्दै पेन्सनको सुरुआत गर्न लागेको हो।
पत्रकार महासंघ मकवानपुर शाखाले वाणिज्य बैंकको खातामा १० लाख रुपैयाँ जम्मा गरेको छ।
महासंघ मकवानपुर शाखामा आवद्ध सदस्यहरुमध्ये ज्येष्ठ सदस्यको जीवन निर्वाहका लागि पेन्सन दिन लागिएको हो।
राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट कुनैपनि संघसंस्था, गैरसरकारी संस्थाबाट सेवा–सुविधा प्राप्त हुने पदमा वहाल रहेको भए मासिक पेन्सन उपलब्ध गराइने छैन।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस…







