आइतबारदेखि गोरखनाथ र गोरखकाली मन्दिर पनि खुल्ने


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७७ मा प्रकाशित




गोरखाको सदरमुकामस्थित गोरखनाथ र गोरखकाली मन्दिर पनि खुल्ने भएको छ ।

पशुपतिनाथ तथा मनकामना मन्दिर खुलाउने निर्णय धमाधम भएसँगै मनकामना र गोरखकाली दुवै मन्दिरलाई आउँदो आइतबारदेखि खुलाउन जिल्ला प्रशासन कार्यालयले एकैसाथ अनुमति प्रदान गर्नेछ।

गोरखा नगरपालिकाको बुधबार सम्पन्न कार्यपालिका बैठकले एकैठाउँमा रहेका गोरखनाथ र गोरखकाली मन्दिरलाई स्वास्थ्य मापदण्ड अपनाएर एकसाथ खुलाउने निर्णय गरेको हो। बैठकले यी दुवै मन्दिर खुलाउन जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र (सिसिएमसी) समक्ष अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

नौ महिनाअघि गत चैत ११ गते लकडाउन भएसँगै यी मन्दिरहरु बन्द भएका थिए। लकडाउन, बजार तथा अन्य सबै निकाय खुले पनि मन्दिरहरु भने खुलेका थिएनन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।