कोभिड–१९ बाट मुच्र्छित् पर्यटनलाई जगाउने उद्देश्यले संचालित ‘जाउँ है पोखरा’ अभियान अन्तर्गत विरगंजमा बुधबार आयोजित कार्यक्रममा सिमरा–पोखरा सिधा हवाई उडानमा जोड दिइएको छ।
पश्चिमाञ्चल होटल संघ पोखराद्वारा संचालित चारदिने सो अभियानको १५ सदस्यीय टोलीसँग विरगंज उद्योग वाणिज्य संघले औद्योगिक नगरी विरगंजमा एक अन्तरक्रिया कार्यक्रम गरेको थियो।
कार्यक्रममा पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले उल्लेखित दुई शहरबीच सिधा हवाई सेवा सुरु भए भारतीय तथा स्थानीय पर्यटकलाई पोखरा पुग्न धेरै सहज हुने भनाई राखे।
विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य गोपाल केडियाले हप्तामा कम्तिमा एक÷एकवटा भएपनि दुई शहरबीच उडान हुन जरुरी भएको भनाई राखे । ‘उडानमा घाटा भए हामी क्षतिपुर्ती वहन गरिदिन तयार छौं,’ उनले भने।
तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारी र गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मान्त्री विकास लम्सालले समेत सिधा उडानको कुरा गरेपनि कार्यान्वयन नहुनु दुःखद भएको विरगंजका व्यवसायीले गुनासो गरे।
प्रदेश २ का उद्योग, पर्यटन, बन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले उद्योग, पर्यटन र कृषिलाई आफ्नो प्रदेशले विशेष जोड दिएको भन्दै होटल संघको प्रबद्र्धनात्मक अभियान प्रशंसायोग्य भएको बताए। विरगंज र जनकपुर धार्मिक र अन्य पर्यटनको हिसावले समेत महत्वपूर्ण भएको भन्दै उनले प्रदेश २ सरकार गण्डकी प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए। जनकपुर र पोखरा हवाई सेवाले जोड्ने निर्णय भईसकेको दावी उनले कार्यक्रममा सुनाए।
पोखरेली पर्यटनबारे थप प्रस्ट्याउँदै अध्यक्ष तुलाचनले आन्तरिक पर्यटनको माहोल सिर्जना गर्न ‘जाउँ है पोखरा’ अभियान तत्कालीन अवस्थामा सुरु गरिएको र सधैं अब कोरोना भनेर व्यवसाय र प्रबद्र्धन ठप्प राख्दा जीवन चल्न नै कठीन हुन थालेको भन्दै भ्रमणको सुरुवात पुनः आफैंबाट गरेको बताए। विरगंज अपार संभावना बोकेको शहर भएको स्मरण पनि तुलाचनले सो अवसरमा गराए। संकटको यो घडीमा पर्यटनलाई पुनर्जीवन दिन पोखराको पर्यटकीय सेवा सुविधामा ५० प्रतिशतसम्म छुटसहितको मूल्य निर्धारण गरिएको पनि अध्यक्ष तुलाचनले जानकारी दिए।
विरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष एबं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदश्य सुवोधकुमार गुप्ताले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए।
यसअघि बुधबार नै पर्सा राष्ट्रिय निकुञ्जमा अभियानको टोलीलाई स्वागत गरिएको थियो। सो अवसरमा बोल्दै अभियानका संयोजक एवं होटल संघ नेपालका केन्द्रीय सदश्य भरतराज पराजुलीले पर्यटनका लागि प्रबद्र्धन र पहुँच अति आबश्यक पर्ने भन्दै नेपाली पनि पर्यटक हुन सक्ने अवधाराणासहित अभियानको थालनी गरिएको जानकारी दिए।
सिमरा र पोखरा हवाई सेवाले जोडिए त्यस्तो पहुँचमा ठूलो फड्को हुने भनाई उनको थियो । स्थानीय होटल संघका अध्यक्ष मोहन शर्मा, सहायक संरक्षण अधिकृत रमेश यादव, रेन्जर प्रकाश पुन र व्यवसायी प्रकश लम्सालले पनि सो अवसरमा भनाई राखेका थिए।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदश्य विप्लव पौडेल र पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार हरि शर्मा गैह्रे पनि अभियानको टोलीसँगै छन्।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा यसपटक बुधबारबाट सुरु गरिएको अभियान अन्तर्गत सिमरा, विरगंज, जनकपुर, बिराटनगर र चितवन जस्ता शहर समेटिएको छ। ती शहरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रम आयोजना तथा पोखरासम्बन्धी प्रबद्र्धनात्मक सामग्री वितरण जस्ता कार्यक्रम पनि रहेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







