पोउवा संघको निर्वाचन समिति संयोजकमा तीर्थ श्रेष्ठ


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७७ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनअन्तर्गत सम्पादन हुने निर्वाचनको लागि तीर्थ श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ संघका पूर्वकार्यसमिति सदस्य र हाल साधारण सदस्य हुनुहुन्छ ।
संघको मंसिर २१ गते बसेको कार्यसमितिको बैठकले आउँदो पुस २४ र २५ गते आयोजना हुने निर्वाचन कार्यक्रमको संयोजकसहित सहसंयोजक र सदस्यहरु मनोनय गरिएको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिनुभयो । महासचिव पोखरेलका अनुसार निर्वाचन समितिको सहसंयोजकमा दीप टे«डर्सका राजेन्द्रकुमार बाटाजु रहनु भएको छ । निर्वाचन समितिका सदस्यहरुमा अन्नपूर्ण फुड्स एण्ड वेभरेज प्रालिका डम्बरसिंह गुरुङ, फुजियामा टे«क्स एण्ड एक्पिटिसन प्रालिकाका टीकाराम सापकोटा, पि सुलभ इण्टरप्राइजेजका प्रकाश ज्ञवाली रहनु भएको छ । सदस्यमध्ये डम्बरसिंह गुरुङ र टीकराम सापकोटा संघका पूर्वकार्यसमिति सदस्य पनि हुनुहुन्छ । संघका कानूनी सल्लाहकार दामोदर अधिकारी निर्वाचन समितिको पनि कानूनी सल्लाहकार रहनु भएको छ । महाधिवेशनअन्तर्गत चुनावी कार्यक्रम पुस २५ गते भए पनि निर्वाचनका कार्यक्रमहरु संघको विधान अनुसार निर्वाचन समितिले नै निर्धारण गर्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।