साना योजनाका लागिपनि बजेटका लागि मुख ताक्नुपर्ने हो भने स्थानिय तहको काम छैन : सभापति कोइराला


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले साना साना योजनामा पनि प्रदेशकै मुख ताक्ने हो भने स्थानीय तहको काम नहुने बताएका छन् । ठुलठुला योजना संघीय सरकार, मंझौला योजना प्रदेश सरकार तथा साना योजना स्थानीय सरकारले गर्नुपर्ने बताउदै उनले साना साना योजनालाई पनि गाउँपालिका ,नगरपालिका र महानगरहरुले प्रदेशलाई देखाउनुपर्ने बाध्यता हुनु विडम्वनापूर्ण भएको टिप्पणी गरे । हाम्रोमा इमान्दारिता हराउदै गएकोले यस्तो समस्या आएको उनको भनाई थियो । वडाले गर्ने काम वडाकै हो, वडाले नसके मात्र प्रदेशले गर्ने हो(कोइरालाले भने ।
पोखरा महानगरपालिका वडानं २७ धम्पुसेटोलमा नवनिर्मित विश्वकर्मा मन्दिरको उद्घाटन कार्यक्रममा सोही वडाका वडाध्यक्ष पूर्णकुमार गुरुङले साना योजनामा पनि प्रदेश सरकार र सांसद कोइरालालाई देखाएपछि कोइरालाले यस्तो आक्रोस पोखेका हुन् । कोइरालाले दश बर्षे महान जनयुद्धले समाजमा रहेको विभेदहरुलाई हटाउन समाजलाई रुपान्त्रण गरेको बताए ।
पोखरा महागनरपालिकाका वडानं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले वडाले आफ्नो वडाभित्र निर्माण भएका मठ मन्दिर गुम्बा सवैक्षेत्रमा सहयोग गर्ने बताउदै मन्दिर रंगरोगनको लागि आफ्नो १० हजार सहित ६० हजार सहयोग गर्ने घोषणा गरे ।
नेकपा वडा नं २७ का वडाध्यक्ष सूर्यमणि लामिछानेले धुम्पुसटोल बासीको सक्रियतामा निर्माण भएको विश्वकर्मामा मन्दिरको संरक्षणको लागि जोड दिदै १८ हजार भन्दा बढी आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य धनबहादुर गुरुङ, क्याप्टेन गणेश प्रसाद गुरुङ, इन्द्रबहादुर गुरुङ,सुवेदार टेक प्रसाद लामा, नेकपा इलाका इन्चार्ज लक्ष्य बहादुर खत्री , स्थानीय तेज बहादुर विश्वकर्मा, प्रेम विश्वकर्मा, सूर्य वि।क लगायतले बोलेको कार्यक्रम जुमलाल विश्वकर्माको अध्यक्षतामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।