नेपाल सरकार, फेवातालको चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिका संयोजक पूण्य पौडेलले अबको २ महिना भित्रमा फेवातालको सिमाङ्कनको काम सक्ने दाबी गरेका छन् । फेवा जलाधार क्षेत्र घोषण गर्नेबारे विहीबार पोखरामा आयोजित फेवाताल सरोकार क्षेत्रका जनप्रतिनिधि तथा स्थानिय अगुवाहरुसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
संयोजक पौडेलले फेवातालको सिमाङ्कन हुँदैन कि भनेर आशंका नगर्न आग्रह गरे । उनले भने,‘सगरमाथापन िहामीले नै नापेको हो, फेवातालपनि हामीले नै नाप्ने हो ।’ उनले सरकारले तोकेको समयसीमा भित्रै सिमाङ्कन सक्नेगरी काम भईरहेको बताए ।
संयोजक पौडेलले फेवाताल अतिक्रमण भएनभएको बारे अहिल्यै केहिपनि भन्न नसकिने बताए । अतिक्रमण भयो कि भएन भन्नका लागि सिमाङ्कन सक्नुपर्ने उनको भनाई छ । उनले सिमाङ्कन सकिएपछि फेवाको जग्गा अतिक्रमण गरि आफ्नो नाममा पारेको भए त्यसलाई दुषित मानेर खारेज गरिने अन्यथा पैत्रिक रुपमा व्यक्तिको भए त्यसको मुआब्जा दिएर सरकारीकरण गर्नुपर्ने बताए ।
संयोजक पौडेलले फेवातालको सिरान क्षेत्रमा सिल्टेसन ड्याम बनिसकेकाले त्यस क्षेत्रलाई सिल्टेसन उद्योगको रुपमा विकास गरिनुपर्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







